काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका अधिकांश परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बुधबार सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो ।
जसअनुसार त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा सञ्चालन हुने शिक्षा र मानविकी संकायका तीन वर्षे स्नातक तहको नियमित तथा आंशिक परीक्षा पुनः सञ्चालन गरिने भएको हो ।
त्यस्तै प्राइभेटतर्फका परीक्षार्थीहरूको परीक्षा पनि सञ्चालन हुने बताइएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित परीक्षार्थीलाई आफूले परीक्षा दिनु पर्ने कोड र विषयबारे यकिन गरेर मात्र परीक्षा दिनु पर्ने भन्दै सचेत गराएको छ ।
अन्यथा परीक्षण नियन्त्रण कार्यालय जवाफदेही नहुने भन्दै परीक्षार्थीहरूलाई सचेत गराएको हो । परीक्षा फारम छुटेका विद्यार्थीले सम्बन्धित क्याम्पसमा निर्धारित समयमै अतिरिक्त दस्तुर बुझाएर फारम भर्न पाउने सूचनामा उल्लेख छ ।
।