सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँके प्रशासनको सेवा आजदेखि नियमित, खोप कार्ड अनिवार्य

भौतिक दूरी कायम गर्न आग्रह

बाँके । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गएको माघ १२ गतेदेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय बाँकेको सेवा प्रवाह बुधवारदेखि नियमित हुने भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले बुधवारदेखि सम्पूर्ण सेवा नियमित हुने जानकारी दिए । सेवाग्राहीलाई सेवा लिन आउँदा खोपकार्ड भने अनिवार्य गरिएको छ ।

यस्तै मास्क अनिवार्य लगाउन, सेनिटाइजरको प्रयोग गर्न, कार्यालयमा कम्तिमा दुई मिटरको भौतिक दूरी कायम गर्न प्रशासनले आग्रह गरेको छ ।

यस्तै रुघाखोकी, ज्वरोजस्ता लक्षण देखिएका सेवाग्राही कार्यालयमा प्रवेश नर्गन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार ०९:१५