सूचनाको शक्ति - The Power Of Information

        

सातामा आठ बोतल रक्सी पिउँछिन् हजार पाउन्ड तौल भएकी स्लेटन !

न्युयोर्क सिटी । अमेरिकाको दि लर्निङ च्यानल (टीएलसी) टेलिभिजनका स्टारको रूपमा चिनिने एक हजार पाउन्ड शारीरिक वजनकी ट्यामी स्लेटनका केही खराब बानीका कारण उनका डाक्टर चिन्तित भएका छन् ।

घरमा स्लेटन के गर्दैछिन् भनेर समय समयमा पुग्ने गरेका डाक्टर एरिक स्मिथ उनको सधैँ खानेकुरा मात्र टन्न खाने, केही व्यायाम नगर्ने र अत्यधिक मात्रामा मदिरा सेवन गर्ने बानी देखेर दिक्क मान्ने गरेका छन् ।

डाक्टर एरिक स्मिथले स्लेटनले जानीजानी आफ्नो ज्यानलाई निकै खतरातर्फ धकेलिरहेको बताएकी छन् । ३५ वर्षीया स्लेटनले आफूले मानसिक स्वास्थ्य र डिप्रेसनसँग जुझिरहेको बताएकी छन् ।

उनी आफ्नो मदिरा पिउने र धुमपान गर्ने लत बढ्दै गइरहेको बताउँछिन् । उनी मुसुक्क हाँस्दै एक सातामा आफूले आठवटा फुल बोतल रक्सी पिउने गरेको बताएकी छन् । उनी प्रायः आफ्ना साथीहरूसङ पार्टी मनाउन मन पराउँछिन् । (याहुबाट)

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार ०८:१४