सूचनाको शक्ति - The Power Of Information

        

भिजन आँखा अस्पतालमा अत्याधुनिक ‘मोडुलर अप्रेशन थियटर’ सञ्चालनमा

बाँके । भिजन आँखा अस्पतालले नयाँ प्रविधि थपेर आफ्नोे सेवा स्तरन्नोति गरेको छ ।

नेपालगन्जको विपी चोकस्थित मेडिकल कलेजको ठिक पूर्वपट्टि रहेको भिजन आँखा अस्पतालले नेपालमै पहिलो पटक आँखाको लागि अत्याधुनिक ‘मोडुलर अप्रेशन थियटर’ सञ्चालनमा ल्याएको हो ।

अस्पतालका मेडिकल डाइरेक्टर वरिष्ठ फेको तथा जलविन्दु विशेषज्ञ डाक्टर प्रचण्ड गौतमका अनुसार देशभरका आँखा अस्पतालहरुमा पहिलोपटक भिजनले अत्याधुनिक मोडुलर अप्रेशन थियटर सञ्चालनमा ल्याएको छ ।

नयाँ खुलेका जनरल आँखा अस्पतालहरुमा भने यो मोडुलर अप्रेशन थियटर निर्माण गरिएपनि देशका ठूला र पुराना आँखा अस्पतालहरुमा यो सुविधा नभएको डाक्टर गौतमले बताए ।

दैनिक २५ वटाको हाराहारीमा आँखा अप्रेशन भइरहेको भिजन अस्पतालमा दुई वटा मोडुलर शल्यक्रिया कक्षबाट दैनिक एक सय जनाको शल्यक्रिया गर्ने गरि क्षमता स्तारोन्नती गरिएको डाक्टर गौतमले जानकारी दिए ।

यसका लागि अस्पताल हाताभित्र नयाँ कक्ष समेत सञ्चालनमा ल्याइएकोछ । अपस्ताल स्थापनाको छोटो समयमा करिब ५० लाखको लागतमा भिजनले मोडुलर र सेमि मोडुलर अप्रेशन थियटर तयार गरेर सञ्चालनको अवस्थामा ल्याएको हो ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार १८:३४