सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ५ मा आर्थिक कार्यबिधि पारित, सरकारलाई खर्च गर्ने बाटो खुल्यो


रेनुका गिरी । बुटवल । प्रदेश नम्वर पाँचको प्रदेश सभा बैठकले आज आर्थिक कार्यबिधि पारित गरेपछि सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । प्रदेश सभा भवनमा बसेको बैठकले सरकारको आर्थिक कार्यबिधि नियमीत तथा व्यवस्थीत गर्न बनेको बिधयेक सर्बसमतीले पारित गरेको हो ।
उक्त बिधयेक संसदमा मुख्यमन्त्री शंकर पोखरेलले पेश गरेका थिए । यो बिधयेक पारित भएपछि सरकारलाई बैधानिक रुपमा खर्च गर्न र बजेट बनाउने बाटो खुलेको छ । बैठकमा एमालेका भोजप्रसाद श्रेष्ठ, माओवादी केन्द्रका इन्द्रजित थारु र नेपाली कांग्रेसका भुबनेश्वर चौधरीले बोलेका थिए । अर्को बैठक चैत्र १५ गते दिउसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार १२:०४