सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय सभा निर्वाचन

गठबन्धनको लाभ : राष्ट्रिय सभामा जनमोर्चाको ‘इन्ट्री’

काठमाडौं । राष्ट्रिय सभामा राष्ट्रिय जनमोर्चाको ‘इन्ट्री’ भएको छ । बुधबार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशको दलिततर्फ जनमोर्चाका उमेदवार तुलबहादुर विश्वकर्मा विजयी भए ।

सत्ता गठबन्धनको सहयोगमा विक राष्ट्रिय सभा सदस्य बन्न सफल भएका हुन् । दाङको घोराहीमा भएको निर्वाचनबाट विकले ४३५६ मतभार पाए । उनका प्रतिस्पर्धी कृष्ण सुनारले ३३४८ मतभार पाएको सहायक निर्वाचन अधिकृत निमराज भट्टराईले जानकारी दिए ।

सुनार नेकपा (एमाले)का तर्फबाट उमेदवार बनेका हुन् । यसअघि भएको राष्ट्रिय सभा निर्वाचनमा यही प्रदेशबाट जनमोर्चाका रश्मिराज नेपाली उमेदवार बनेका थिए । तर, उनी पराजित भएका थिए ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १७:११