सूचनाको शक्ति - The Power Of Information

        

काठमाण्डौ देखि सुर्खेत सिधा उडान पुन: सञ्चालनमा आउने

काठमाडौं । भारतीय नाकाबन्दीका कारण बन्द हुन गएको काठमाण्डौ देखि सुर्खेत सिधा उडान पुनस सञ्चालनमा आउने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले कर्णाली प्रदेसको राजधानी सुर्खेतमा चैत २१ देखि सिधा हवाई उडान गर्न निर्देशन दिएका हुन् ।
बिहिबार पर्यटन मन्त्रालयमा भएको छलफलमा सिधा उडान गर्ने निर्णय भएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्य मन्त्री र प्रदेस मन्त्रीहरु बीच कर्णालीको पर्यटन बिकास सम्बन्धिको छलफल भएको थियो ।
सिधा उडान गर्ने निर्णय गर्दै अधिकारीले अब सुर्खेतमा नियमित उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार १०:५०