सूचनाको शक्ति - The Power Of Information

        

घानामा विष्फोट, कयौं घर ध्वस्त, १७ शव भेटिए

काठमाडौं । घानाको यपिएट शहरमा भयंकर विष्फोट भएको छ । विष्फोटबाट कयौं भवनहरु भत्किएका छन् ।

घटनास्थलमा १७ वटा शव फेला परेका स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाहरुको संख्याबारे औपचारिक जानकारी दिएको छैन ।

सुनको खानीको रुपमा चिनिने शहरमा विष्फोट भएको हो । खानीका लागि आवश्यक विष्फोटक पदार्थ बाकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विष्फोट भएको बताइएको छ ।

स्थानीय मिडियाहरुले सार्वजनिक गरेको तस्वीर र भिडियोमा विष्फोट भएको स्थानमा धुलो र धुवाँको मुस्लो उडेको देखिन्छ । भग्नावशेषमा च्यापिएकाहरुले चिच्याउँदै सहायता मागेको पनि देखिन्छ ।

घानाका राष्ट्रपतिले ट्वीट गर्दै ‘अत्यन्तै दुःखद घटना’ भएको बताउँदै उद्धार तथा राहतका लागि सेना परिचालन गरिएको जनाएका छन् ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार ०८:५८