सूचनाको शक्ति - The Power Of Information

        

युरोपको भिसा लिँदै हुनुहुन्छ ? माघ ७ गतेदेखि यस्तो छ नियम !

काठमाडौं । नेपालस्थित विदेशी कूटनीतिक नियोगहरुले भिसा आवेदनमा खोप कार्डलाई अनिवार्य गर्न थालेका छन् ।

जर्मनीले युरोपको लागि सेन्जेन र न्यासनल भिसामा खोप कार्ड अनिवार्य गरिएको जनाएको छ ।

काठमाडौंस्थित जर्मनी दूतावासले खोप नलगाएका नेपाली भिसा आवेदकहरुको आवेदन रद्द गरिएको जनाएको छ ।

दूतावासले आज विज्ञप्ति जारी गर्दै खोप नलगाएका नेपाली आवेदकहरुको भिसा अप्वाइमेन्ट रद्द गरिएको घोषणा गरेको छ । आगामी माघ ७ गतेदेखि खोप लगाएका व्यक्तिले मात्र भिसा आवेदन दिन पाउने भएका छन् ।

‘माघ ७ गतेदेखि सेन्जेन र न्यासनल भिसा दुबैमा खोप लगाएका आवेदकलाई भिसा आवेदनमा पहुँच दिइनेछ’ जर्मनीले भनेकोे छ, ‘खोप प्राप्त नगर्नुभएका आवेदकको अपोइन्टमेन्ट रद्द गरिएको छ ।’

प्रकाशित मिति : ४ माघ २०७८, मंगलवार ०७:४८