सूचनाको शक्ति - The Power Of Information

        

नविल बैंकमा खाता खोल्नुस्, ११ प्रतिशत अग्रिम ब्याज लिनुस्

काठमाडौं । तपाईले निक्षेप राख्दा बैंकबाट प्रत्येक ३, ६ वा १ वर्षसम्म ब्याज लिन कुर्नु परेको छ ? तपाई अग्रिम ब्याज खातामा जम्मा भएको चाहानु हुन्छ ? अब चिन्ता लिनु पर्दैन नविल बैंकले खाता खोल्ने बित्तिकै वर्षभरीको अग्रिम ब्याज दिने छ ।
बैंकले खाता खोल्ने बित्तिकै वर्षभरीको ब्याज खातामा जम्मा गरिदिने गरी नविल बम्पर मुद्धति योजना ल्याएको छ । अब अधिकतम ब्याजदरका साथ अग्रिम भुक्तानी हुने गरी वचत योजना ल्याएको बैंकले जनाएको छ । खाता खोलेर निक्षेप जम्मा गर्नसाथ वर्षभरीको ब्याज अग्रिम रुपमा खातामा जम्मा गर्ने नविल संभवत पहिलो बैंक भएको छ ।
मुद्धति खातामा न्युनतम ५ लाख रुपैयाँ हुनुपर्ने छ । वार्षिक ब्याजदर ११ प्रतिशत दिने बैंकले जनाएको छ । अवधि १ र २ वर्ष रहेको छ । निक्षेप तान्न बैंकले यो योजना ल्याएका हो । हाल बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकले नयाँ निक्षेप योजना ल्याएका छन् । बैंकबीच मुद्धतिमा ११ र साधारण वचतमा ८ प्रतिशत ब्याज दिने आन्तरिक सहमति गरेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार ०४:१८