सूचनाको शक्ति - The Power Of Information

        

प्रेस चौतारी नेपाल बझाङ शाखाको अध्यक्षमा धामी

बझाङ ।  प्रेस चौतारी नेपाल बझाङ शाखाको अध्यक्षमा मकराज धामी सर्वसम्मत चयन भएका छन् ।

आज भएको प्रेस चौतारी नेपाल बझाङ शाखाको ७ औँ अधिवेशनवाट १३ सदस्यि जिल्ला कमिटी चयन गरिएको हो । अधिवेशनले मकरराज धामीको अध्यक्षतामा १३ सदस्यि जिल्ला कमिटी गठन गरिएको हो ।

जिल्ला कमिटीको उपाध्यक्षमा भुवनबहादुर सिंह र संञ्जिता धामी, सचिवमा रिदम सिंह, कोषाध्यक्षमा शुसिल विष्ट, सहसचिवमा सुरेश धामी र मनिषा सिंह चयन भएका हुन् ।

समृद्ध नेपाल निर्माणका लागी सवल श्रमजिवी पत्रकार, व्यवसायिक पत्रकारिता प्रेस चौतारीको आधार भन्ने नाराका साथ २०७८ साल पुस ३० गतेका दिन प्रेस चौतारी जिल्ला शाखा बझाङको उद्घाटन तथा बन्द सत्रवाट ६ बुँदे घोषणा पत्र जारी गर्दै नयाँ नेतृत्व चयन गरिएको छ ।

यहि असोज ३१ गते देखी कार्तिक ३ गतेसम्म आएको अविरल बर्षाले विपतमा ज्यान गुमाएकाहरु प्रति श्रदासुमन व्यक्त गर्दै घरबार विहिन भएकाहरुको पुर्नबास तथा दिर्घकालिन प्याकेजका कार्यक्रम अगाडी बढाउन सरकारको ध्यानाकर्षणका साथै जोडदार माग गर्दछ ।

पत्रकार महासंघमा आवद भएका गैर पत्रकारहरुको सदस्यता खारेज गरी पत्रकार महासंघमा आवद्ध सदस्यहरुको सदस्यता सुद्धिकरण गर्नका लागी प्रेस चौतारी नेपाल बझाङ शाखा जोडदार माग गर्दछ ।

पत्रकारहरुको पेसागत हकहित, पेसागत सुरक्षाको मध्यनजर गर्दै सम्वन्धीत निकायसँग निति निर्माणका लागी जोडदार माग गर्दछ । बझाङ जिल्ला पर्यटकीय सम्भावनाको स्रोत भएपनि बझाङका पर्यटकीय स्थलको अझै प्रचार प्रसार गर्नका लागी स्थानिय सरकारको ध्यानाकर्षण गर्दछ ।

कतिपय पत्रकार तथा संचारकर्मी साथिहरुले काम गरे अनुसारको पारिश्रमिक नपाएको बेलाबेलामा गुनासो आउने गरेकोले सम्वन्धीत मिडिया हाउसलाई पारिश्रमिक दिलाउनका लागि समेत प्रेस चौतारी जिल्ला शाखा बझाङ अनुरोध गर्दछ ।

पत्रकार महासंघ जिल्ला शाखा बझाङ पत्रकारहरुको छाता संगठन भएकाले कतिपय पत्रकारहरुको क्षमता अभिवृद्धी गर्नका लागि सम्वन्धीत मिडिया हाउस तथा स्थानिय सरकारसंग समन्वय, सहकार्यका लागि प्रेस चौतारी बझाङ ध्यानाकर्षण गर्दछ, लगाएतका वुदाँहरु सहितको चैनपुर घोषणा पत्रसमेत जारी गरेको हो ।

अधिवेशनको उद्घाटन सर्तमा नेकपा एमालेका जिल्ला इन्चार्ज भैरव बहादुर सिंह लगाएतका नेताहरुले शुभकामना समेत दिनुभएको थियो ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार १०:५७