सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश नं. ५ को आर्थिक कार्यविधि आज पारित हुँदै


बुटवल । गत आइतबार पेश भएको प्रदेश नं. ५ को आर्थिक कार्यविधि आज बस्ने प्रदेश सभाको बैठकमा पारित हुने भएको छ । प्रदेश सरकारको आर्थिक गतिविधि सञ्चालनको लागि यही चैत्र ४ गतेको बैठकमा आर्थिक कार्यविधिको विधेयक प्रस्तुत भएको थियो । आज बस्ने बैठकले कार्यविधि पारित गर्ने माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेले जानकारी एि ।
आर्थिक कार्यविधि पारित भए पछि केन्द्र सरकारले दिएको अनुदान प्रदेश सरकारले खर्च गर्न र आर्थिक गतिबिधि अगाडी बढाउन पाउने छ । आजको बैठकमा मन्त्रीपरिषद विस्तारको सूचना पनि पढेर सुनाइने र सार्वजनिक महत्वका विषयमा केही सांसदहरुले आफ्नो धारणा राख्ने कार्यसूची छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार ०३:५०