सूचनाको शक्ति - The Power Of Information

        

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । साताको पाँचौ दिन आज बिहीबार पनि बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

मंगलबारदेखि सुनचाँदीको मूल्यमा वृद्धि हुँदै आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य मंगलबार प्रतितोला रु ९१ हजार ५ सय तोकिएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २९ पुष २०७८, बिहीबार १३:०४