सूचनाको शक्ति - The Power Of Information

        

बाघ नियन्त्रणका लागि भुवर भवानीमा विशेष पुजा

बाँके । दिनदिनै बाघले मान्छे मार्न थालेपछि भुवर भवानी मन्दिरमा विशेष खालको पुजा पाठ गरिएको छ ।

सोमबार राप्ती सोनारी ३ बनघुसरीमा रहेको यस क्षेत्रको सबैभन्दा ठुलो शक्ति पिठ भुवर भवानी मन्दिरमा विशेष पुजापाठ गरिएको हो ।

सदियौंदेखि मन्दिरमा पुजापाठ गर्दै आएका थारु गुरुवाहरुले बाघ नियन्त्रणका लागि विशेष खालको पुजा गरेको अगुुुुुवा चौधरीया बिष्णुप्रसाद थारुले जानकारी दिए । सोमबार मात्रै विशेष खालको पुजापाठ २ पटक गरिएको जानकारी दिँदै चौधरीया थारुले अब बाघ नियन्त्रण हुने आश्वासनसमेत दिए ।

पुर्खाहरुको भनाईअनुसार आज भन्दा १ सय बर्ष अगाडी मान्छेलाई बाघले खाने गरेको र भुवर भवानी मन्दिर स्थापना गरि पुजापाठ गर्न थालेपछि रोेकिएको हो । विशेष खालको पुजा पाठ गर्ने क्रममा भुलचुक भएको निश्कर्ष निकालिएको छ ।

अगुवा चौधरीया थारुले १०–१० बर्षमा गरिने ठुलो पुजामा भुलचुक भएको र त्रिसुलमा समस्या देखिएको निश्कर्ष गुरुवाहरुले निकालेको उल्लेख गरे । राप्ती सोनारीका करिव २० भन्दा बढी गाउँका अगुवाहरुको उपस्थितिमा विशेष खालको पुजा गरिएको हो ।

२०१४ सालमा पक्की मन्दिर बनि ठुलो शक्ति पिठको रुपमा मानिएको भुवर भवानी मन्दिरमा हरेक बर्ष ३ पटक पुजा पाठ गर्ने गरिएको छ । हरेक बर्ष माघे संक्रान्तिका अवसरमा ठुुलो मेलासमेत लाग्ने गरेको छ ।

प्रकाशित मिति : २६ पुष २०७८, सोमबार १७:०९