काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले पछिल्लो समय कोरोना संक्रमण बढेपछि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने आइतबार सिफारिस गरेपछि बन्द गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
बन्द गर्नेबारेको पूर्ण मोडालिटी अहिले केहीबेरमा सार्वजनिक गर्ने पनि उनले बताए । उनले भने, ‘सिसिएमसीकै सिफारिस नै हामीले निर्णय गरेका हौँ ।’ उनका अनुसार भोलि (मंगलबार)बाट माघ १५ सम्म देशभरका विद्यालय बन्द हुनेछन् ।
सिसिएमसीको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्न समेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
।