सूचनाको शक्ति - The Power Of Information

        

३८ जिल्लामा एमालेले छान्यो नेतृत्व (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले देशका ३८ जिल्लामा नयाँ नेतृत्व छानेको छ । गत शुक्रबार एकसाथ एमालेले ६३ जिल्लाको अधिवेशन गरेको थियो । अधिवेशनबाट धेरै जिल्लामा सर्वसम्मत नेतृत्व छानिएका छन् ।

केही जिल्लामा निर्वाचनबाट नेतृत्वको टुंगो लगाइएको एमालेले जनाएको छ । जसअनुसार देशका ३६ भौगोलिक र २ गैर भौगोलिक जिल्लामा नेतृत्वको टुंगो लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

यी हुन् नयाँ अध्यक्ष

१. झापा – दीपक कार्की
२. पाल्पा – धनेन्द्रराज घिमिरे
३. दाङ – हुकुमबहादुर बस्नेत
४. डोल्पा – शेरबहादुर बुढा
५. सल्यान – गोविन्द पुन
६. बर्दिया – लालबहादुर श्रेष्ठ
७. बाँके – किस्मतकुमार कक्षपति
८. धादिङ – भूमि त्रिपाठी
९. अर्घाखाची – पीताम्बर भुसाल
१०. मोरङ – ऋषिकेश पोखरेल
११. काभ्रे – अशोक ब्याञ्जु
१२. भक्तपुर – बचन देउजा
१३. गुल्मी – बालसिंह काउछा
१४. खोटाङ – रामप्रसाद दंगाल
१५. सप्तरी – ताराकान्त चौधरी
१६. तनहुँ – श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा – इन्द्रमणि पराजुली
१८. रसुवा – कर्णेल लामा
१९. नवलपरासी पश्चिम – दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु – डम्बर शर्मा
२१. नुवाकोट – बद्रीप्रसाद मैनाली
२२. तेह्रथुम – तेजमान कन्दङ्वा
२३. रुपन्देही – तेजेन्द्र केसी
२४. लमजुङ – कृष्णप्रसाद अधिकारी
२५. पाँचथर – राजकुमार भण्डारी
२६. रामेछाप – आनन्द श्रेष्ठ
२७. गोरखा – प्रेमबहादुर गुरुङ
२८. मकवानपुर – एकलाल श्रेष्ठ
२९. डडेल्धुरा – प्रकाश सावँद
३०.भोजपुर – शरण राई
३१. बैतडी – सुरेन्द्र पाल
३२. म्याग्दी – देवेन्द्र केसी
३३. जुम्ला – शान्तिलाल महत
३३. काठमाडौं – दीपक निरौला
३४. ललितपुर – पुरुषोत्तम आचार्य
३५.सिन्धुली – कुमारबहादुर कार्की
३६. इलाम – महेश बस्नेत
३६. बाग्लुङ – हिरा केसी
विशेष जिल्ला कमिटी
१. मजदुर विशेष – जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष – उमेश ढकाल

प्रकाशित मिति : २६ पुष २०७८, सोमबार ११:२४