सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा कोरोना संक्रमितको संख्या बढ्यो

तीन जना डिस्चार्ज

बाँके । बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

जिल्लाका तीनवटा प्रयोगशालामा एक सय १ सय ३३ जनाको नमुना परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ४६ नमुना परीक्षण गर्दा २४ जना, मेडिकल कलजे कोहलपुरमा ६३ र बागेश्वरी ल्यावमा २४ नमुना परीक्षण गर्दा एक–एक जनागरी २६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका आठ जना छन् । तीन र सात वर्षीया बालबालिका पनि संक्रमणको चपेटामा परेका छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार पाँच सय १६ पुगेको छ ।

यस्तै तीन जना डिस्चार्ज भएका छन् । नेपालगञ्जका चार, खजुरा र राप्तीसोनारीका दुई–दुई जना छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ५६ पुगेको छ ।

प्रकाशित मिति : २५ पुष २०७८, आइतवार १७:२१