सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारको अन्तिम नामावली र चुनाव चिह्न आज प्रदान गरिने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (आइतबार) उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागिएको हो।

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गते उम्मेदवारको मनोनयन दर्ता गरिएको थियो। ४३ जना उम्मेदवारको मनोनयन दर्ता भएको थियो।

सोही अनुसार आज निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ। र आजै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम समेत रहेको छ।

राष्ट्रियसभा सदस्य निर्वाचन सत्ता गठबन्धन पाँच दलले सिट भागबन्डा गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै प्रतिस्पर्धा गर्दैछ।

प्रदेश १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवारी दर्ता गरेको छ। त्यस्तै प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पनि उम्मेदवारी दिएको छ। बागमती प्रदेश अन्तर्गत नेपाल मजदुर किसान पार्टीको पनि उम्मेदवारी रहेको छ।

प्रकाशित मिति : २५ पुष २०७८, आइतवार १२:२१