सूचनाको शक्ति - The Power Of Information

        

आईपीओ निष्कासनको तयारीमा जलविद्युत कम्पनी


काठमाडौं । पछिल्लो समयमा धितोपत्र बोर्डमा जलविद्युत कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न निवेदन दिएका छन् । हालसम्म १४ जलविद्युत कम्पनीले ३ अर्ब ७३ करोड ५० लाख १३ हजार रुपैयाँ बराबरको ३ करोड ७३ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका छन् ।
पछिल्लो समयमा धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिनेमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । बोर्डबाट स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्ने तयारीमा कम्पनी रहेका छन् । आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत सेयर दिने अनिवार्य व्यवस्था भएपछि जलविद्युत कम्पनीले धमाधम आईपीओ निष्कासन गर्न लागेका हुन् । आईपीओ जलविद्युत कम्पनीलाई लगानी जुटाउने माध्यम भएपछि प्रवद्र्धक पनि निष्कासनमा जोड दिन थालेका छन् ।
१४ मध्ये सबैभन्दा ठुलो रकमको आईपीओ ४५६ मेगावाटको माथिल्लो तामाकोसीको आउन लागेको छ । प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको छ । सबैभन्दा कम सुभम् पावर लिमिटेडले स्थानीयबासीलाई २ करोड रुपैयाँ बराबरको २ करोड कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ ।
साउनयता राधी विद्युत कम्पनी लिमिटेड, बुटवल पावर कम्पनी लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड, कालिका पावर लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गरेका छन् । रसुवागढी र सान्जेनको निष्कासन जारी छ ।

आईपीओ पाइपलाइनमा रहेका १४ कम्पनी  :

IPO Pipeline

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार ११:५१