सूचनाको शक्ति - The Power Of Information

        

बेतहनी स्वास्थ्य चौकी जग्गादाताको प्रतिमा अनावरण

बाँके । बाँके डुडुवा गाउँपालिका वडा नं.२ स्थित बेतहानी स्वास्थ्य चौकी भवन निमार्णका लागि जग्गादाताको नवनिर्मित प्रतिमाको अनावरण गरिएको छ । वडा नंं २ बेतहानी निवासी भुतपूर्व प्रधान स्वर्गिय विष्णु प्रसाद चौधरी र श्रीमती लिलावती चौधरीले स्वास्थ्य चौकी भवन निमार्णका लागि विक्रम सम्मत २०६५ सालमा सात कठ्ठा जग्गा दान गरेका थिए ।

जग्गा प्राप्त भएपछि नेपाल सरकारले आर्थिक वर्ष २०७३/०७४ मा सुविधा सम्पन्न भवन निर्माण गरेको थियो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुक्रबार जग्गादाताको प्रतिमा अनवरण गर्दै उनले स्वास्थ्यजस्तो सम्बेदनशिल सेवाका लागि गरेको महादानी जग्गादाताको सम्मानका लागि प्रतिमा स्थापना गरेको बताए ।

उनले यो लाखौं मुल्य पर्ने ठुलो दानले यस क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य सेवा लिनबाट सहयोग पुगेको भन्दै समाजसेवा गर्नेहरुको सम्झनाका लागि पनि हामीले सधै सम्मान गर्न सिक्नुपर्ने कुरा उल्लेख गरे । त्यस अवसरमा जग्गदाताका परिवारलाई सम्मान पनि गरिएको थियो । जग्गादाताका छोरा ओमप्रकाश चौधरी र शिवकुमार चौधरी र बुहारी सुरतादेबी चौधरीलाई अध्यक्ष चौधरीले फुल माला लगाएर सम्मान गरेका थिए ।

स्वास्थ्य चौकी निर्माण भएपछि डुडुवा १ होलिया, २ बेतहानी र ३ बनकट्टी लगायत आसपास गाउँका नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको छ । बेतहानी स्वास्थ्य चौकीमा अहिले जेष्ठ नागरिक सहायता उपचार केन्द्र, निशुल्क प्रयोगशाला, औषधी भण्डारण, एम्बुलेन्स परिचालनको सेवा उपलब्ध रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।

प्रकाशित मिति : २४ पुष २०७८, शनिबार १०:२४