सूचनाको शक्ति - The Power Of Information

        

सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घट्याे

काठमाडौं । सुनचाँदीको भाउ आज घटेको छ ।

सुन आज तोलामा सात सय रुपैयाँ सस्तो भएको छ भने चाँदी १० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा ९१ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

हिजो तोलामा ९२ हजार ३ सय रुपैयाँ थियो । यस्तै, हिजो तोलाको १२ सय ३५ रुपैयाँ रहेको चाँदी आज १० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय भाउ अनुसार हरेक दिन सुनचाँदीको भाउ निर्धारण गर्ने गरेको छ ।

प्रकाशित मिति : २३ पुष २०७८, शुक्रबार १५:१६