काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४९ पैसा कायम गरेको छ ।
युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३५ रुपैयाँ १६ पैसा छ ।
युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ७२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५३ पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा छ ।
जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ २७ पैसा र बिक्रीदर १० रुपैयाँ ३२ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
।