बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनामा रहेको जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रको कार्र्यालय उदघाटन भएको छ ।

समाजमा रहेका असहाय बालबालिकाहरुलाई संरक्षण गर्ने उदेश्यले कार्यालयको उद्घाटन गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथिी लुम्बिनी प्रदेश सभा सदस्य सांसद कृष्णा के सी नमुना, सभाध्यक्ष तारा वली, विशिष्ट अतिथिी राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष धनी कुमारी खत्री, अतिथिी वडा नम्बर ५ का वडा अध्यक्ष जनक थारु रहेका थिए ।

त्यसैगरी गाउँपालिकाका सामुदायिक वनका प्रतिनिधि, विद्यालयका प्रतिनिधि र स्वयमसेविकाहरुको उपस्थिती रहेको थियो ।

केन्द्रमा हाल १० जना बालबालिका रहेको संस्थाका अध्यक्ष ओलीले जानकारी दिईन् ।

।