सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय सभा सदस्य निर्वाचन:

राष्ट्रिय सभा सदस्य निर्वाचन: आज मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ

भोलि साँझ उमेदवारको नामावली प्रकाशन गरिने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज बिहीबार र भोलि शुक्रबार मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्दैछ । बुधबार दाबी विरोध र उजुरी दिने समय थियो ।

भोलि शुक्रबार साँझ उमेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उमेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका आयोगले बनाएको छ ।

निर्वाचन माघ १२ गते हुनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ सिटको लागि ४३ जनाको उमेदवारी परेको छ । प्राय सबै प्रदेशमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुँदैछ ।

आयोगका अनुसार नेकपा एमालेबाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा माओवादी केन्द्रबाट ५ जना, नेकपा एकीकृत समाजवादीबाट ५ जना, जनता समाजवादी पार्टीबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाले उमेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार ०९:१७