सूचनाको शक्ति - The Power Of Information

        

सेञ्चुरी बैंकले ३६५ दिन बैंकिङ्ग सेवा दिने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले २० वटा विभिन्न शाखाबाट ३६५ दिने नगद कारोबार सुविधा दिने भएको छ । चैत १० गते सार्वजनिक बिदाको दिनदेखि लागु हुने गरी विभिन्न स्थानबाट उक्त सुविधा दिँदै छ ।
पुतलीसडक, टिकापुर, बिराटनगर, इटहरी, धरान, विर्तामोड, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी, धुलिखेल, न्यूरोड, मानभवन, सामाखुसी र कोटेश्वर शाखाबाट बिदाको दिन पनि नगद कारोबार सुविधा दिन लागेको हो । यस अघि बैंकले सार्वजनिक बिदाको दिन प्रधान कार्यालय पुतलीसडक तथा टिकापुर शाखाबाट मात्रै नगद कारोबारको सुविधा दिँदै आएको थियो ।
बैंकले ९ वटा कार्यलयहरुबाट ३६५ दिने लकरको सुविधा समेत उपलब्ध गराउने भएको छ । बैंकले पुतलीसडक, बिराटनगर, विर्तामोड, वीरगञ्ज, नारायणगढ, बुटवल, पोखरा, न्यूरोड र मानभवनबाट आफ्ना ग्राहकहरुलाइै लकर सुविधा प्रदान गर्दै छ ।
काठमाडौं उपत्यका र उपत्यका बाहिर १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार ११:१३