सूचनाको शक्ति - The Power Of Information

        

बझाङकी हेवन बनिन् मिस एण्ड मिस्टर देन ईन्टरनेश्नल नेपाल २०२१ विजेता

बझाङ । पुस २० गते काठमान्डौमा सम्पन्न भएको मिस एण्ड मिस्टर देन ईन्टरनेष्नल नेपाल २०२१ कार्यक्रममा बझाङकी हेवन उपाध्याय विजेता बन्न सफल भएकी छिन् ।

उपाध्यायले फोटोजेनिक तर्फ विजेता बन्न सफल भएकी हुन्, भने होल कार्यक्रममा सेकेण्ड रनर अप बन्न सफल भएकी छन् । कार्यक्रममा सहभागी सबै प्रतियोगी मध्ये उपाध्याय फरक क्षमता भएकी किशोरी हुन् ।

सबैलाई पछि पार्दै उपाध्यायले फोटोजेनिक तर्फ भने पदक जित्न सफल भएको उनका बुबा रमेश उपाध्यायले जानकारी दिनुभयो । २५ जना प्रतियोगी मध्ये एउटै हेवन मात्रै फरक क्षमता भएकी किशोरी रहेको आयोजकले जनाएको छ ।

उपाध्यायले उत्कृष्ट प्रदर्शन गरेको थियो । समाजमा फरक क्षमता भएका ब्यक्तीहरुले केही पनि गर्न सक्दैन भन्नेहरुका लागी उपाध्याय एक बलियो उदाहरण समेत बन्न सफल भएकी छन् ।

अझै पनि समाजमा फरक क्षमता भएका ब्यक्तीहरुलाई हेर्ने दृष्टिकोण फरक छ । अपहेलना गर्ने, घृणा गर्ने उनिहरुलाई कार्य बोझका रुपमा लिने परिपाटी बझाङका ग्रामीण बस्तिहरुमा अहिले पनि कायमै रहेको पाईन्छ ।

तर एउटै छोरीमा चित्त बुझाएका रमेश उपाध्याय र उनकी श्रीमती शान्ति देवि उपाध्यायले भने छोरीलाई राम्रो शिक्षा दिदै उनको प्रगतीमा साथ र सहयोग दिदै आएका छन् ।

छोरा छोरी समान हुन् भन्ने बलीयो उदाहरण बन्न सफल भएको उनको परिवार समाजका लागी पनि एक बलीयो उदाहरण बन्न सफल भएको पत्रकार रमेश केसीले बताउनुभयो ।

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार ०९:०९