सूचनाको शक्ति - The Power Of Information

        

पदाधिकारी चयन नगरी सकियो माओवादीको बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पदाधिकारी चयन नगरी सकिएको छ ।

सोमबार ललितपुरमा बसेको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेपछि सकिएको हो ।

अध्यक्ष प्रचण्डले पुस २५ गते अर्को बैठक बस्ने र त्यसअघि छलफल गरेर पदाधिकारी, स्थायी समिति, पोलिट्ब्यूरो समितिका सदस्यहरु पनि टुंगो लगाउने बताएका छन् ।

प्रकाशित मिति : १९ पुष २०७८, सोमबार १७:५४