सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

राष्ट्रिय सभाको चुनावमा साझा उम्मेदवार तय गर्न गठबन्धनको बैठक आज

sf7df8f}F, !$ ebf}M ;Qf u7aGwg a}7s k|wfgdGqL lgjf; afn'jf6f/df ;f]daf/ a;]sf] ;Qf u7aGwg a}7s . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । राष्ट्रिय सभा सदस्यको चुनावमा साझा उम्मेदवार तय गर्न सत्ता गठबन्धन दलको बैठक बस्दैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले  राष्ट्रिय सभा सदस्य चुनावका उम्मेदवार छनाेट गर्ने विषयमा छलफल गर्न गठबन्धन दलको बैठक बोलाउनुुभएको हो । गठबन्धनको बैठकपछि दिउँसो कांग्रेसको केन्द्रीय समिति बैठक पनि बस्दैछ ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रिय सभा सदस्यको चुनावमा साझा उम्मेदवार बनाउने गृहकार्य गरेका छन् ।

राष्ट्रिय सभा सदस्यको चुनावका लागि भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका छ ।राष्ट्रिय सभाका २० जना सदस्यहरूको पदावधि आउँदो फागुन २१ गते सकिँदैछ ।

त्यसमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सदस्य भएकाले बाँकी १९ पदका लागि आउँदो माघ १२ गते चुनाव हुन लागेको हो ।

राष्ट्रिय सभा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै चुनाव  हुने व्यवस्था छ । त्यसअनुसार यसपटक सातै प्रदेशमा एक महिलासहित २–२ जना, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट दलित १–१ जना तथा प्रदेश-१ र कर्णाली प्रदेशबाट अपाङ्गता वा अल्पसङ्ख्यक भएका १–१ जनाका लागि चुनाव हुँदैछ ।

चुनावमा प्रदेश सभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्। देशभरिबाट प्रदेश सभा सदस्यहरू ५३२, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखहरू १४९३ गरी जम्मा २०२५ जना मतदाता छन् । आयोगले सात प्रदेशमा मतदानस्थल तोकिसकिएको जनाएको छ ।

प्रकाशित मिति : १९ पुष २०७८, सोमबार ०९:३४