काठमाडौं । भारतको जम्मू-कश्मीरमा रहेको माता वैष्णो देवी मन्दिर परिसरमा भागदौड मच्चिँदा १२ जनाको ज्यान गएको छ । १३ जना घाइते घएका छन् ।
नयाँ वर्षकाे दिन श्रद्धालुको भीडका कारण भागदौड हुँदा १२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो घटना त्रिकुटा पहाडमा रहेको मन्दिरको गृर्भगृहको बाहिर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एउटा विवादका कारण मानिसहरुले एकले अर्कालाई धक्का दिन थालेपछि भागदौड भएको थियो । ज्यान गुमाउनेमा दिल्ली, हरियाणा, पञ्जाब र जम्मू–कश्मीरका मानिस रहेका छन् ।
भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । भारत सरकारले भागदौडमा परि ज्यान गुमाउनेको परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषमार्फत प्रतिमृतक दुई/दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
।