सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य क्षेत्रको कोसेढुंगा ‘कृटिकल केयर’


सञ्जय श्रेष्ठ । काठमाडौं । स्वास्थ्य क्षेत्रमा नयाँनयाँ रोगहरु समस्याको रुपमा भित्रिदै गर्दा नयाँ प्रविधिहरु पनि आउँदैछन् । बिरामी अन्तिम अवस्थामा पुगेपछि उपचार गर्ने ठाउँ आइसियु हो । तर धेरै अवस्थामा बिरामीको अवस्था ठिक नहुन सक्छ यदि ठिक भए पनि बिभिन्न किसिमको समस्या उत्पन्न हुन्छ । अब ति सबै समस्याहरु कृटिकल केयरमा गरिन्छ । कृटिकल केयर के हो ? यसको अवश्यक किन छ ? यो बिकासको अबधारण के हो ? भन्ने बिषयमा वयोधा हस्पिटलको कृटिकल केयर बिषेसज्ञ डा.अमिर सिद्दिकीको भनाई :

कृटिकल केयर
कृटिकल केयर विश्वमा २०.२५ बर्षको अन्तरालमा बिकसित भएको छ भने नेपामा ५ बर्षको अन्तरालमा सुरुवात भएको छ । कृटिकल केयर आइसियुको आधुनिक प्रबिधि हो । जहाँ आसियुमा गरिने उपचार नै गरिन्छ, तर आइसियुमा उपचार गर्दा बिभिन्न किसिमको समस्याहरु आउन थाले । ती समस्याको समाधानसँगै स्वास्थ्यमा पछाडि आउने समस्यलाई अगाडि नै पत्ता लगाएर उपचार गर्ने पद्धति हो, कृटिकल केयर । कुनै पनि समस्या एक्कासी हुँदैन त्यसको पनि चरण हुन्छ । हामीले ति समस्या वा रोगको सुरुवती चरणमा नै सचेत तथा उपचार गर्न सक्छौ । कृटिकल केयरका लागि कुनै अरु छुट्टै व्यबस्थाको आवश्यक पनि छैन । कृटिकल केयर तीन चरणमा उपचार गरिन्छ । तीन चरण मध्ये दोस्रो चरणमा मात्र प्रविधिको प्रयोग गरिन्छ । कृटिकल केयर बिरामीको उपचारमा डाक्टरहरुको सन्तुलन गर्न हो ।
कृटिकल केयरको उपचारको चरण
१. प्रिभेन्टिप कृटिकल
यो अवस्था भनेको बिरामीको पछि आउने समस्याको बारेमा जानकारी दिनु हो । मुटु, मृगौला वा अन्य रोगको पछाडि आउने समस्या अगाडि नै थाहा पाउने र उपचार गर्ने हो ।
२. कोर कृटिकल
यो अवस्थामा बिरामीलाई अप्रेशन लगायतका उपचार गरिन्छ । बिरामीको जोखिम पूर्ण अवस्था हो, जहाँ आइसियुमा हुने उपचार हुन्छ ।
३. रिह्याबिटेसन कृटिकल
यो अवस्थामा बिरामीको उपचार पछि आउने समस्याको बारेमा जानकारी र उपचार गरिन्छ । जस्तै आएसियुमा राख्दा बिरामीको स्वभाब परिर्वतन हुन्छ, त्यस्ता बिरामीको उपचार सामाजिक र मानसिक रुपमा गर्ने ।

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार ०८:३०