सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बाँकेमा एक किलोको सुनजस्तो देखिने धातुसहित दुई पक्राउ

दुई लाख ७७ हजार रुपैयाँ र चार लाखको चेक बरामद

बाँके । बाँकेमा एक किलोको सुनजस्तो देखिने धातुसहित दुई जनालाई पक्राउ गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिका-२० राँझा चोकबाट दुई जनालाई एक किलोको सुनको बिस्कुटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

जाजरकोट बारेकोट गाउँपालिका-६ बस्ने २२ वर्षीय राजु कार्की र २९ वर्षीय पूर्णबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो। राँझा चोकमा अवैध रूपमा सुनको कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

सूचनापछि खटिएको टोलीले उनीहरूलाई फेला पारी तलासी लिएको थियो। त्यसक्रममा उनीहरूबाट सुनजस्तो देखिने एक किलोको एक बिस्कुट, दुई लाख ७७ हजार रुपैयाँ र चार लाखको चेक बरामद गरेको हो।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।

प्रकाशित मिति : १५ पुष २०७८, बिहीबार १२:२७