सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले छापावाल सुनको मूल्य बुधबार तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकेको छ । मंगलबार ९३ हजार रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको मूल्य बुधबार ९२ हजार रुपैयाँ तोकिएको छ । महासंघले बुधबारका लागि चाँदीको खरिद बिक्री मूल्य तोलाको एक हजार दुई सय ६० रुपैयाँ तोकेको छ ।

मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार १७:५७