काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता भएको छ । राष्ट्रियसभा गृहमा आयोजित एक समारोहबीच दुई पार्टीले एकता गरेका हुन् ।
एमालेबाट अलग्गिएर बनेको नेकपा एस र माओवादीबाट अलग्गिएर बनेको देवेन्द्र सिंह महता नेतृत्वको नेकपा जनवादीसँग एकीकरण भएको हो । महताले २०६२ सालमै चुनवाङ बैठकबाट विद्रोह गरेर माओवादी छाडेका थिए ।
एकता घोषणा कार्यक्रमलाई सम्वोधान गर्दै अध्यक्ष नेपालले उत्पादनमा समय खर्चिएर आफूलाई अनुशासनमा बाँध्न सक्नुपर्ने बताएका छन् । ।
।