सूचनाको शक्ति - The Power Of Information

        

जमुनाहा नाकाबाट लागुऔषधसहित एकजना पक्राउ

बाँके । नेपालगञ्जको सिमा नाका जमुनाहाबाट लागुऔषधसहित एकजना युवक पक्राउ परेका छन् ।

सोमवार बिहान पौने १० बजे नेपालगञ्जको जमुनाहा नाकामा लागुऔषधसहित लम्कीचुहा नगरपालिका ४ कैलालीका २४ बर्षीय कर्ण बोगटीलाई इलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले पक्राउ गरेको हो ।

शंकास्पद तरिकाले रुपईडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेका बोगटीलाई जाँचका क्रममा लागुऔषध १० पिस नाइट्रोभेट टयावलेट, २१० पिस ट्रामाडोल र २१५ पिस फेनिरामाट्रन एमिल ल्याउँदै गरेको अवस्थामा जमुनाहा प्रहरीका इञ्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्ट नेतृत्वको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

पक्राउ परेका बोगटीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले बताएको छ ।

प्रकाशित मिति : १२ पुष २०७८, सोमबार १७:२५