सूचनाको शक्ति - The Power Of Information

        

रुपान्तरण कक्षाले किशोरकिशोरीको व्यवहारमा परिवर्तन

बझाङ । बझाङको वित्थडचिर गाउँपालिका भित्र रहेका विभिन्न किशोरकिशोरी समुहहरुले सञ्चालन गर्दै आइरहेका रुपान्तरण कक्षाले किशोरकिशोरीहरुको बानि व्यवहारमा परिवर्तन ल्याएको गाउँपालिका अध्यक्ष प्रेम बहादुर बोहराले बताउनुभयो ।

बुधबार केदार मावि वित्थडमा अनुगमन गर्दै बोहराले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘छात्राहरु पहिलेको तुलनामा अहिले आफ्नो समस्या खुलेर भन्न थालेका छन् ।

पहिलेको जसरी लुकेर लजाउने हिचकिचाउने बानिमा अहिले किशोरकिशारीहरुमा रुपान्तरण कक्षा संचालन गरेपछी राम्रो परिवर्तन आएको छ । रुपान्तरण कक्षाले बालविवाहलाई न्यूनीकरण, यौन तथा प्रजनन स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय परिवर्तन गरेको छ ।’

रुपान्तरण कक्षा संचालन हुनुभन्दा पहिला विध्यालयमा पनि पुरुष शिक्षकहरु मात्र भएकाले आफ्नो समस्या राख्न गाह्रो हुने, स्वास्थ्य चौकीमा डाक्टरलाई आफ्नो समस्या राख्न गाह्रो मान्ने भएपनी रुपान्तरण कक्षा संचालन भएपछी पुरुष शिक्षक, स्वास्थ्यकर्मीहरु संग पनि छलफल गर्न तथा आफ्नो समस्या राख्न सजिलो भएको कक्षा १० मा अध्यनरथ छात्रा आकृति चन्दले बताइन् ।

रुपान्तरण कक्षामा सिकेको कुरा आफुहरुले समुदाय र घरमा पनि सुनाउने गरेको कक्षा ९ कि छात्रा धनिशा बोहराले बताईन् । उनले भनिन्,‘ हामी महिनावारी हुँदा म महिनावारी भए भनेर भन्ने डराउथेऔँ ।

अहिले सबै समस्या तथा कुराहरु सजिलै भन्न सक्छौ ।’ गाउँघरमा उमेर नपुगी बिवाह गर्नु हुन्न् । बालविवाह गर्नु हुन्न स्वास्थ्यमा असर पर्छ भनेर छलफल समेत गर्ने गरेको रुपान्तरण कक्षामा सम्मेलित किशोरकिशोरीहरुले बताएका छन् ।

युएनएफपिए र पीसवीन नेपालको सहकार्यमा अहिले जिल्लाका दुइ वटा पालिका जयपृथ्वी नगरपालिका र वित्थडचिर गाँउपालिकामा किशोरकिशोरी र लैङ्गिक हिंसाका क्षेत्रमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार १०:१३