सूचनाको शक्ति - The Power Of Information

        

नेपाल आइन् श्रृंखला, यस्तो छ कारण

काठमाडाैं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा नेपाल आएकी छन् ।

हजुरबुबा बद्रीप्रसाद खतिवडाको पुस्तक ‘अभियन्ता’ विमोचनका लागि उनी नेपाल आएकी हुन् ।

 बिहीवार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा  उनी निकै खुसी देखिएकी थिइन् । हजुरबुबाको पुस्तक​ सार्वजनिक हुँदा निकै खुसी लागेको उनले बताइन् ।

‘मेरो हजुरबुबा आफ्ना धेरै कुरा सर्वसाधारण सामु पोख्न खोज्नु हुन्थ्यो । त्यसका लागि समाचारले सबै समेट्न सकेका थिएन’  उनले भनिन् ‘आफुलाई भन्न मन लागेको कुरा र जीवनमा भोगाइ उहाँले पुस्तकमा समेट्नु भएको छ ।’

हजुरबुबाले दुई बर्षको मिहिनेत पछि पुस्तक ल्याउन सफल भएको जानकारी दिएकी श्रृंखलाले कार्यक्रममा संजोगले सहभागी अवसर मिलेको बताइन् ।

‘मेरो कलेजमा क्रिसमसको छुट्टी भयो । त्यसैले म नेपाल आए’ उनले थपिन् ‘हजुरबुबाको पुस्तकमा पनि सहभागी हुने अवसर जुर्यो ।’ क्रिसमसको बिदा हुनु र नेपालमा हजुरबुबाको पुस्तक विमोचन एकैपटक हुनु सुखद संयोग भएको उनको भनाई रहेको छ । उनले थपिन् ‘हजुरबुबाले नातिनीलाई पनि समेट्न चाहनुभएको थियो होला, सायद ।’

अमेरिकाको हावर्ड विश्वविद्यालयमा अध्ययन गर्न ४ महिनाअघि अमेरिका प्रस्थान गरेकी उनी फर्कदा उनको घरको माहोल समेत परिवर्तन भएको छ । घरमा फर्कदा बुवा विरोध खतिवडालाई मन्त्रीको रुपमा भेटेको उनले सुनाइन् ।

‘म जाँदा उहाँ सांसदमात्र हुनुहुन्थ्यो । फर्कँदा उहाँ मन्त्री हुनुभएको रहेछ’ उनले भनिन् । उनी अमेरिका अर्बन प्लानिङ अर्थात सहरी विकास विषयमा स्नातकोत्तर अध्ययन गर्न गएकी हुन् ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार ०९:५९