सूचनाको शक्ति - The Power Of Information

        

माओवादी बागमती अध्यक्षमा सरल निर्वाचित, अरु क-कसले जिते ?

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी अध्यक्षमा सरल सहयात्री चयन भएका छन् ।

प्रदेश सम्मेलनकाे निर्वाचनमा निकटतम प्रतिस्पर्धी दिनानाथ गौतमलाई पराजित सहयात्री प्रदेश अध्यक्षमा विजयी भएका हुन् । कुल २ सय ६१ मत खसेकाेमा सहयात्रीले १६२ र गौतमले ८६ मत प्राप्त गरे ।

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा रूपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी चयन भएका छन्।

सचिवमा इन्द्रबहादुर थिङ तथासहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छिन्।

बागमती प्रदेशको मंसिर २५ र २६ गते काठमाडौंमा भएको सम्मेलनमा २७५ जना सदस्य चयन भए पनि पदाधिकारीमा सहमति हुन सकेको थिएन ।

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार ०८:५७