सूचनाको शक्ति - The Power Of Information

        

छुट मतदाता नामावली दर्ता गराउन सकिने

काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणको मतदाता नामावली सङ्कलन कार्य सम्पन्न गरी दोश्रो चरणको सङ्कलन कार्य थालेको छ ।

सबै जिल्लाका निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयबाट १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिहरूको मतदाता नामावली सङ्कलन कार्य भइरहेको छ ।

हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिन र अन्य जिल्लाका स्थानीय तहहरूमा १५ दिनका दरले पहिलो चरणको कार्यक्रम समाप्त भइ दोस्रो चरणको कार्यक्रम पनि सञ्चालन भइरहेको हो ।

मतदाता नामावलीमा दर्ता हुन कठिन भएको, अव्यवस्थित भएको, समावेशीतालाई ध्यान नपुर्याएको जस्ता विषय आएकोले यसमा आयोगको ध्यानाकर्षण भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेल जनाए ।

पौडेलका अनुसार मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएकाले निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमध्ये पायक पर्ने कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने छन् ।

नाम दर्ता गराउन आवश्यक सहयोग र सहजीकरण गरिदिन सबै राजनीतिक दल, नागरिक समाज, स्थानीय तहलाई निर्वाचन आयोगले अपिल पनि गरेको छ ।

प्रकाशित मिति : ५ पुष २०७८, सोमबार १७:२१