सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस महाधिवेशन

महिला केन्द्रीय सदस्यको मत गणना ९ बजेदेखि पुनः सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। हालसम्म पदाधिकारी तथा खुला केन्द्रीय सदस्यको मत परिणाम आइसकेको छ।

आइतबार साँझ खुला ३५ जना केन्द्रीय सदस्यको गणना सकिएलगत्तै महिला केन्द्रीय सदस्य (खुला र मधेशी) तर्फको गणना सुरु भएको थियो।

हिजो राति दुवै समूहको ४/४ सय मत गनिएको र अहिले बिहान ९ बजेपछि पुनः गणना सुरु गरिने निर्वाचन समिति सदस्य तेज रावलले बताए।

महिला खुलातर्फ नौ जना केन्द्रीय सदस्यका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा छन्। त्यसैगरी मधेशी महिलातर्फ ४ जना निर्वाचित हुनेछन्।

महिला केन्द्रीय सदस्यको चुनावी मैदानमा अकला गुरुङ, अनिता देवकोटा, अम्बिका सुवेदी, आम्बिका शर्मा लामिछाने, अम्बिका बस्नेत, डा। आरजू राणा देउवा, ईश्वरी न्यौपाने, उमा दाहाल, उषाकुमारी राउत, कल्पना अधिकारी, किरण कोइराला र गौरीकुमारी श्रेष्ठ रहेका छन्।

त्यसैगरी जमुना ढकाल, डा। डिला संग्रौला पन्त, तुलसा पन्त, धन खतिवडा, नम्रता बराल, पुष्पा भुसाल, बासना थापा, बिजुला बर्मा राणा, मोदती केसी, रंगमती शाही, रमा कोइराला पौडेल, रिता दवाडी, रुक्मिणीदेवी कोइराला, शान्ती कार्की, सुशीला ढकाल आचार्य, सरिता प्रसाई, सावित्री बोगटी पाठक र सीतादेवी देवकोटा पाण्डे चुनावी मैदानमा छन्।

प्रकाशित मिति : ५ पुष २०७८, सोमबार ०९:२४