रुपन्देही । रुपन्देहीमा एक वडा सचिव घुस रकमसहित पक्राउ परेका छन्।
सिद्धार्थनगर नगरपालिका–४ का वडा सचिव महोमद सिद्धिकलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग वुटवलले जनाएको छ।
सेवाग्राहीसँग विवाह दर्ता सहज रुपमा गरिदिने भन्दै ३ हजार खुस लिदै गर्दा शुक्रबार कार्यालयबाट नै पक्राउ गरिएको प्रवक्ता वेदप्रसाद भण्डारीले बताए।
वडा सचिवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको भण्डारीले बताए।
।