सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस महाधिवेशनः ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना आज

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरर्गत नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।

आज शनिवार १० बजेदेखि ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना हुने कांग्रेसले जनाएको छ ।

कांग्रेसको निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले एक सूचना जारी गर्दै मतगणनाका लागि उम्मेदवार वा एकजना प्रतिनिधि मगतणनास्थल सानेपामा पठाइदिन पनि आग्रह गरेका छन् ।

खुल्ला केन्द्रीय सदस्यको मत गनिसकेपछि विभिन्न क्लस्टरका केन्द्रीय सदस्यको मतगणना हुने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : ३ पुष २०७८, शनिबार ११:१८