बैतडी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ ।
कैलालीको फाप्ला क्रिकेट मैदानमा आज प्रतियोगिताको औपचारिक कार्यक्रम सुरु भएको हो ।
आजको पहिलो खेलमा प्रदेश– १ र कर्णाली प्रदेश भिड्नेछन् । यस्तै आजै हुने अर्को खेलमा बाग्मती र लुम्बिनी प्रदेश आमने सामने हुने हुनेछन् ।
नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेटको सहआयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता पुस ११ गत सम्म चल्ने छ ।
७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी हुने प्रतियोगिता दुई समूहमा विभाजन गरि खेलाइने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।
समुह ‘ए’ मा प्रदेश नम्बर १, लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश छन भने समुह ‘बि’ मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश २ रहेका छन् ।
।