सूचनाको शक्ति - The Power Of Information

        

तीन डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम फेरि तीन डिग्री सेल्सियसमा झरेको छ ।

शुक्रबार ३.४ डिग्री मापन भएको न्यूनतम तापक्रम शनिबार बिहान तीन डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो वर्ष सबैभन्दा कम तापक्रम बिहीबार ३ डिग्री मापन भएको थियो । शुक्रबार अधिकतम तापक्रम १९ डिग्री थियो, आजको अधिकत तापक्रम दिउँसो मात्र थाहा हुन्छ ।

मौसमविदहरूका अनुसार न्यूनतम र अधितम दुवै तापक्रम घट्न थालेपछि रातिसँगै दिउँसो पनि चिसो बढ्न थालेको छ ।

नेपालमा सबैभन्दा बढी चिसो जुम्लामा रहेको छ । त्यहाँ बिहान न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ । शुक्रबार जुम्लाको तापक्रम माइनस ५.८ डिग्री थियो ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातका कारण पनि तापक्रम घटिरहेको मौसमविदले बताएका छन् ।

प्रकाशित मिति : ३ पुष २०७८, शनिबार ११:०५