सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य मन्त्रालयकाे प्रवक्तामा डा. संगीता मिश्रा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डाक्टर संगीता मिश्राले पाउनु भएको छ ।

डाक्टर मिश्रा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट मन्त्रालयमा सरुवा हुनु भएको हो।

यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डाक्टर कृष्णप्रसाद पौडेलले सम्हाल्नु भएको थियो ।

उहाँ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक समेत हुनुहुन्छ ।

पौडेलले अब महाशाखा प्रमुखको जिम्मेवारी मात्र सम्हाल्नु हुनेछ ।

प्रकाशित मिति : १ पुष २०७८, बिहीबार १०:४२