सूचनाको शक्ति - The Power Of Information

        

ओली - प्रचण्डको लडाई

ओलीको आरोप खण्डन गर्दै प्रचण्डले भने- ज्ञानेन्द्रसँगको सहमति प्रमाणित गर

प्रचण्ड र ज्ञानेन्द्रबीच भारतमा पाँच बुँदे सहमति भएको अभिव्यक्ति

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोपको खण्डन गर्नुभएको छ ।

उहाँले आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भन्ने ओलीको आरोप खण्डन गरी प्रमाणित गर्न चुनौती दिनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रचण्ड र ज्ञानेन्द्रबीच भारतमा पाँच बुँदे सहमति भएको अभिव्यक्ति दिनुभएको थियो ।

आज विज्ञप्ति निकालेर प्रचण्डले सहमति गरेको भए प्रमाणित गर्न र प्रमाणित गर्न नसके माफी माग्न ओलीलाई चुनौती दिनुभएको छ । साथै उहाँले आफूले शेयर बजारको सन्दर्भमा गरेको विश्लेषण सही भएको र लगानीकर्ताको हितमा रहेको दाबी पनि गर्नुभएको छ ।

विज्ञप्ति :

प्रकाशित मिति : १ पुष २०७८, बिहीबार १०:३६