सूचनाको शक्ति - The Power Of Information

        

सिलवाललाई राखेप फर्कन सर्वाेच्चकाे अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप) तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई पदमा फर्कन आज बुधवार अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले राखेपका तत्कालीन सदस्य सचिव सिलवाललाई बर्खास्ती गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । आदेशको पूर्ण पाठ भने तयार नभएको सर्वोच्च अदालतले जनाएको छ ।

सिलवाललाई गएकाे कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको थियो । त्यसविरुद्ध सिलवालले कात्तिक २८ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

राखेपमा प्रतिस्पर्धाको माध्यमबाट नयाँ सदस्य सचिवमा टङ्कलाल घिसिङ नियुक्त भइसक्नुभएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार १७:५२