सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस महाधिवेशन : डेढ घण्टामा १३ सय मत खस्याे

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि भइरहेकाे दाेस्राे चरणकाे चुनावमा अहिले ५ बजेसम्म १३ सय मत खसेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणको चुनावका लागि प्रतिस्पर्धा भएको हो । राष्ट्रिय सभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदाताका लागि मत सङ्केत गर्न ६ वटा ठाउँ कायम गरिएको छ ।

मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्यासीले आ–आफनो पक्षमा मतदान गर्न मत मागि रहनुभएको छ ।

हिजाे सोमवार भएको चुनावमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधानअनुसार सभापति पदका लागि फेरि चुनाव भएको हो ।

दिउँसाे साढे ३ बजेदेखि सुरु भएकाे मतदानका लागि बेलुकी साढे ७ बजेसम्मको समय व्यवस्थापन गरिएको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलवार १७:४७