सूचनाको शक्ति - The Power Of Information

        

ए’ डिभिजन: चार अपराजित टिम, शीर्षमा मछिन्द्र

काठमाडौं । सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७८ को चौंथो चरणको समाप्तीमा चार टिम अपराजित रहेका छन् ।

यसमा शीर्ष स्थानमा रहेको मछिन्द्र, मनाङ मर्स्याङ्दी, आर्मी र संकटा रहे ।

चौंथो चरणमा आफ्नो अपराजित यात्रा गुमाउने दुई टिम सातदाबाटो र पुलिस रहे ।

डिफेन्डिङ च्याम्पियन मछिन्द्र चौंथो चरणमा आएर पहिलो पटक शीर्ष स्थानमा पुगेको छ ।

यसअघि तेस्रोमा सातदोबाटो, दोस्रोमा मनाङ र पहिलोमा थ्री स्टार शीर्ष स्थानमा थियो ।

मछिन्द्र र मनाङको समान १० अंक छ भने आर्मी र संकटाको पनि समान आठ अंक छ ।

चौंथो चरणको समाप्तीमा कुनै पनि टिम अंक विहीन रहेनन् ।

रेलिगेसन क्षेत्रमा लगातार दुई तीन समान दुई क्लब रहे, जावलाखेल र एपीएफ ।

चौंथो चरणमा आएर जावलाखेलले एक अंक बटुल्न सफल रह्यो । तर अहिलेसम्म चार खेलमा कुनै पनि गोल नगरेको एक्लो टिम रहेको छ । जावलाखेल लगातार चारै चरणमा रेलिगेसन क्षेत्रमा छ ।

चौंथो चरणमा १६ पहेँलो कार्ड देखाइए । अहिलेसम्म चार चरणमा ७७ पहेँलो कार्ड देखाइएको छ भने एक मात्र रातो कार्ड देखाउनु परेको छ ।

अहिलेसम्म पहिलो चरणमा २२, दोस्रो चरणमा २१ र तेस्रो चरणमा १८ पहेँलो कार्ड देखाइएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलवार ०९:४७