सूचनाको शक्ति - The Power Of Information

        

नेपाली कांग्रेसको १४ औं महाधिवेशन

मनोनयन दर्ताबाटै झण्डै ६० लाख !

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मनोनयन दर्ताबाट ५९ लाख बढी उठेको छ । उम्मेद्वारी शुल्कबापत ५९ लाख ९५ हजार नगद उठेको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

सभापतिमा ६ जनाको ३० हजारका दरले १ लाख ८० हजार, उपसभापतिमा ७ जनाको २५ हजारको दरले एक लाख ७५ हजार, महामन्त्रीमा ६ जनाको २५ हजारका दरले एक लाख २५ हजार, सहमहामन्त्रीमा २० हजारका दरले ४ लाख र केन्द्रीय सदस्यमा ५०९ जनाको १० हजारका दरले ५० लाख ९० हजार गरि ५९ लाख ९५ हजार शुल्क उठेको हो ।

शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । आज उम्मेदवारी उपर दाबी विरोध दर्ता र नामावली फिर्ता लिएर आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिको कार्यतालिका रहेको छ । सोमबार नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतवार १४:३९