सूचनाको शक्ति - The Power Of Information

        

कला/मनोरञ्जन

चलचित्रमा जमेका नाजिर हुसेन म्युजिक भिडियोतिर (भिडियोसहित)

संगीत भकारीमार्फत ‘आज जान देउ’ बोलको गीत सार्वजनीक

बाँके । कोरोना भाइरसको संक्रमणसँगै ठूला पर्दाका चलचित्रहरु निर्माणमा ब्रेक लाग्यो । निर्माण भइसकेका चलचित्र पनि रिलिज हुन पाएनन् । सिनेमा हलहरु बन्द भए । कोरोनाकै कारण चलचित्र क्षेत्र तहसनहन भयो । करोडौं रकम नोक्सान व्यहोर्नुपर्यो ।

सधैं चलचित्र निर्माणमा व्यस्त हुने नायक नायिकाहरुले फुर्सद पाए पनि उनीहरुको कमाई भने शुन्यमा झरेजस्तै भयो । कोरोना महामारीपछि चलचित्र क्षेत्रमा जमेका नायक नायिकाहरु भने म्युजिक भिडियोतर्फ आकर्षित देखिएका छन् । त्यही लाइनमै पर्छन्, नाजिर हुसेन ।

जो अचेल म्युजिक भिडियोतिर रमाइरहेका छन् । आइतस्याङ गुरुङको स्वर रहेको ‘आज जान देउ’ बोलको गीत संगीत भकारी युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । म्युजिक भिडियोमा नाजिरले चिकित्सकको भूमिका निर्वाह गरेका छन् ।

मौसम हिमालीद्वारा निर्देशित भिडिओमा अनिलकुमार मानन्धरको छायाँकन तथा विष्णुहरि तिम्सिनाको सम्पादन रहेको छ । उक्त गीतमा सौरब तिम्सिनाको शब्द, प्रविन दियालीको संगीत तथा सञ्जिव बराइलीको संगीत संयोजन रहेको छ । म्युजिक भिडिओमा शिक्षा संग्रौला र सशस्त्र प्रहरीका प्रहरी निरिक्षक पृथ्वी खनाल देख्न सकिन्छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतवार १२:१६